रोल्पाको गंगादेवमा विप्लव नेतृत्वको नेकपा एक्लै चुनावमा होमियाे
प्रकाशित मिति : 25 April, 2022 5:10 pm
रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा विप्लव नेतृत्वको नेकपा माओवादी एक्लै चुनावमा होमिएको छ । केन्द्रीय सदस्य चूडामणी वलीको नेतृत्वमा नेकपा चुनावमा होमिएको हो ।
रोल्पाकै कतिपय ठाँउमा गठबन्धन गरेपनि गंगादेव गाउँपालिकामा भने नेकपा एक्लै चुनावमा होमिएको पत्रकार केबी गुरुङले जानकारी दिए । नेकपाले उपाध्यक्षमा सुशीला वलीलाई उमेद्वारी बनाएको छ ।









