भीरकोटमा नेकपा एमालेबाट विश्वनाथको उम्मेद्वारी दर्ता
प्रकाशित मिति : 25 April, 2022 5:27 pm
स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकामा नेकपा एमालेका विश्वनाथ अर्यालले उम्मेदवार दर्ता गरेका छन् ।
अर्यालले वैशख ३० गते हुुने स्थानीय तहको निर्वाचनमा भीरकोट नगरपालिकाबाट १५०० बढि मत ल्याएर विजय गर्ने बताएका छन् । उनले भने, “भीरकोटका जनताले मलाई विश्वास गरेर जिताउछन्, यदि मैले मेयर पद जिते भने भीरकोटका तीस हजार जनताको स्वास्थ्य विमा गर्छु।’’
अर्यालले भीरकोटका मुख्य सडकका रुपमा रहेको बयरघारी–बिरुवा, बयरघारी–पर्वत जोड्ने कच्चि सडकको पिच गर्ने प्रतिवद्धता जारी गरेका थिए । विगतका वर्षहरुमा कांंग्रेसलाई भोट दिनुभयो तर सफलता त्यति केही देखिएन त्यसैले यसपटक आफूलाई भोट दिएर जिताउन अनुरोध गरेका थिए ।
भीरकोटमा रहेका बाझाँ उर्भर भूमिमा कृषि गरेर युवालाई उद्यमसँग जोड्ने र कुनैपनि जनताहरु घाँस, बाँस, कपासबाट बन्चीत नहुनेगरि काम गर्ने उनले बताए ।








