९ पुस २०८२, बुधबार

सुनछहरी गाउँपालिकामा तीन दलीय गठबन्धनबाट पुष्टमान घर्तीको उम्मेद्‍वारी दर्ता

प्रकाशित मिति :  25 April, 2022 5:40 pm


रोल्पा । रोल्पाको सुनछहरीमा नेपाली कांग्रेस र नेकपा एमाले र विप्लव नेतृत्वको नेकपाबाट अध्यक्षमा पुष्टमान घर्तीले उमेद्वारी दर्ता गराएका छन् । घर्ती विप्लव नेतृत्व नेकपाका नेता हुन् ।

यसअघि केन्द्रीय सदस्य अमरसिंह झाक्रीलाई उमेद्वार बनाउने तयारी भएपनि घर्तीलाई अगाडि सारिएको छ ।

उनले स्वतन्त्रबाट उमेद्वारी दिएपनि सूर्य चिन्हबाट चुनाव लड्ने सहमति भएको छ । गठबन्धन अनुसार उपाध्यक्षमा नेपाली कांग्रेसका कोमबहादुर बुढामगर, वडा नम्बर १ मा नेकपा एमालेका टकमान राेकामगर, वडा नम्बर २ मा नेपाली काङ्ग्रेस तेमन घर्तीमगर ,३ मा एमाले मनबहादुर घर्तीमगर,४ मा नेपाली काङ्ग्रेसका हर्कराम बुढामगर,५ मा नेकपा एमालेका तिर्खबहादुर बुढाथोकी ,६ मा नेकपाका स्वतन्त्र उम्मेदवार हिमलाल पुन (हेमन्त ) ले उमेद्वारी दर्ता गराएका छन् ।

सहमति अनुसार अध्यक्ष पाउनेले एक वडा अध्यक्ष लिने ,उपाध्यक्ष ल्याउनेले ३ वडा ल्याउने र अध्यक्ष र उपाध्यक्ष छोड्नेले तीन वटा वडा ल्याउने सहमति भएको नेकपाका कार्यदल सदस्य हिकलाल पुनमगर ( हिमाल) ले बताएको पत्रकार जुनिसकुमार विष्टले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !