भीरकोटमा गठबन्धन र ऐमालेले पालिका प्रमुखदेखि वडाध्यक्षसम्म गरे उम्मेद्वारी दर्ता
स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमाले दुबै पार्टीको प्रमुख, उपप्रमुखदेखि वडा अध्यक्षहरुले उम्मेदवार दर्ता गराएका छन् ।
नेपाली कांग्रेसबाट प्रमुखमा गोविन्द कुमार कर्मचार्य र उपप्रमुखमा भग्गवती अर्यालले उम्मेदवार दर्ता गरेका छन्, भने नेकपा एमालेबाट प्रमुखमा विश्वनाथ अर्याल र उपप्रमुखमा सरस्वती अधिकारीले उम्मेदवार दर्ता गराएका छन् ।
वडाको हकमा नेपाली कांग्रेसबाट भीरकोट वडा नं १ वडाध्यक्षमा दीपेन्द्र केसी, वडा नं २ मा श्यामकाजी अधिकारी, वडा नं ३ मा केशरबहादुर खड्का, वडा नं ४ मा रत्नप्रकाश श्रेष्ठ, वडा नं ५ मा कृष्ण बहादुर थापा, वडा नं ६ मा रेशम प्रसाद रेग्मी, वडा नं ७ मा ताराप्रसाद अर्याल, वडा नं ८ मा नन्दलाल खनाल, वडा नं ९ मा भीमबहादुर गुरुङ लगायतले वडाध्यक्षको निम्ति उम्मेदवार दर्ता गराएका छन् ।
त्यस्तै नेकपा एमालेले वडाको हकमा वडा नं १ वडाध्यक्षमा भगवान के.सी., वडा नं २ मा गोकुल अधिकारी, वडा नं ३ मा केशरजंग अधिकारी, वडा नं ४ मा मेघनारायण ढुङ्गाना, वडा नं ५ मा सूर्य चर्माकार, वडा नं ६ मा लक्ष्मण खत्री क्षेत्री, वडा नं ७ मा पर्वत खाम्चा मगर, वडा नं ८ मा धर्मराज गुरुङ , वडा नं ९ मा चोक बहादुर गुरुङ लगायतले वडाध्यक्षको निम्ति उम्मेदवार दर्ता गराएका छन् ।








