१४ बैशाख २०८१, शुक्रबार

रोल्पाको होलेरीमा १५ शैयाको आईसोलेशन कक्ष, सेनादेखि नगरप्रहरीसम्म खटिए

प्रकाशित मिति :  21 March, 2020 9:14 am


रोल्पा,८ चैत । कोरोना भाईरसको त्रास बढेसँगै रोल्पामा पनि सचेतना अपनाउन सुरु गरिएको छ ।

रोल्पाको होलेरीमा नव निर्मित अस्पतालको भवनमा १५ शैयाको अस्थायी आईसुलेशन कक्षा तयार हुँदैछ । आज बेलुकीसम्म कक्षाको तयारी पुरा हुँने रुन्टीगढी गाँउपालिकाले जनाएको छ । होलेरीमा हेल्थ डेस्क स्थापना गरि यात्रुको स्वस्थ्य जाँच गरिएको छ । अहिलेसम्म कुनैपनि व्यक्तिका समस्या नदेखिएको डेस्कले जनाएको छ ।

संकास्पद संक्रमित भेटिए रुन्टीगढी—६ मा रहेको नव निर्मित अस्पतालको भवनमा बन्दै गरेको आइसोलेसन कक्ष र वडाको हकमा १ वेडको आइसोलेसन कक्षमा राखिने गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले जानकारी दिए ।
कोरोना भाइरसको नियन्त्रणका लागि नेपाल सरकारले दिएको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय रोल्पा,जिल्ला समन्वयन समिति रोल्पा र स्वास्थ्य कार्यालय रोल्पासंगको समन्वयमा वडापालिका स्तरीय तथा गाउँपालिका स्तरीय कोरोना भाइरस नियन्त्रण तथा सर्तकता समिति समेत गठन गरिएको छ । रुन्टीगढी गाँउपालिकामा व्यवस्थापनका लागि ईलाका प्रहरी होलेरी, नेपाली सेना र गाउँपालिका अन्तर्गतका नगर प्रहरीलाई परिचालन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !