९ पुस २०८२, बुधबार

नेकपा एमालेबाट रोल्पा नगरपालिकामा मेयर र उपमेयरसहितका पदमा उमेद्वारी दर्ता

प्रकाशित मिति :  25 April, 2022 9:04 pm


उमा केसी ।

रोल्पा । नेकपा एमालेले रोल्पा नगरपालिकामा मेयर र उपमेयरसहितका पदमा उमेद्वारी दर्ता गराएको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले)ले रोल्पा नगरपालिकाको मेयरका लागि घनश्याम आचार्यले उमेद्वारी दर्ता गराएका हुन् । यस्तै उपमेयरमा कृष्णीकुमारी गौतमले उमेद्वारी दर्ता गराएकी छन् ।

रोल्पा नगरपालिकामा पनि सत्तारुढ गठबन्धनबीच सहमति नभएपछि एमाले र कांग्रेसबीच सहकार्यका लागि छलफल सुरु भएको छ । आचार्यले छलफल भएपनि टुंगो भने नलागेको बताए ।

माओवादी केन्द्रले भने सत्तारुढ गठबन्धनलाई कायमै राख्ने अन्तिमसम्म प्रयास गर्ने बताएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेता कुलप्रसाद केसीले गठबन्धन कायम राख्न अन्तिम समयसम्म प्रयास गर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !