९ पुस २०८२, बुधबार

रोल्पाका ६ स्थानीय तहमा विप्लव नेतृत्व नेकपाकाे उमेद्वारी,थबाङमा किन दुई जना ?

प्रकाशित मिति :  26 April, 2022 11:44 am


उमा केसी– 

रोल्पा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रोल्पाका दश मध्ये छ स्थानीय तहमा उमेदवारी दिएको छ । 

आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह सदस्य निर्वाचनका लागि जिल्लाका गंगादेव, परिवर्तन, थवाङ, सुनिलस्मृती, सुनछहरी र लुंग्री गाउँपालिकामा स्वतन्त्र उमेदवारी दिएको हो । 

माओवादीले गंगादेव गाउपालिकामा सेट सहित उमेदवारी दर्ता गराएको छ भने बाँकीमा कांग्रेस र एमालेको सहयोग तथा स्वतन्त्र व्यक्तिबाट उमेदवारी दर्ता गराएको छ । 

रोल्पाको गंगादेव गाउँपालिका पार्टीका केन्द्रीय सदस्य समेत रहेका चुडामणि वली ‘आर्दश’ले गाउँपालिकाको अध्यक्षमा र सुशीला वली उपाध्यक्षमा स्वतन्त्र उमेदवारी दिएका छन् ।

वडाध्यक्षहरुमा वडा नं. २ बाट टिकाराम नेपाली, वडा नं. ३ बाट लालवहादुर वली, वडा नं. ४ बाट नन्दे वली, वडा नं. ५ बाट यमन कुमार चन्द र वडा नं ६ बाट दीपेन्द्र खत्रीको उमेदवारी परेको छ ।

थवाङ गाउँपालिका अध्यक्षमा अमित घर्ती र अजय घर्तीले उमेदवारी दिएका छन् । दुईमध्ये एकले फिर्ता गर्ने गरि स्वतन्त्र उम्मेदवारी दिएका हुन्। स्रोतका अनुसार अमितलाई प्रतिबन्धका बेला मुद्दा लागेकाले अफ्ठेरो पर्न सक्ने आकलनका साथ दुई जनाको उमेद्वारी दर्ता गरिएको हो । अमितलाई समस्या परे अजयले उमेद्वारी फिर्ता लिनेछन् ।

उपाध्यक्षमा रायबहादुर पुनले उमेदवारी दिएका छन्। वडाध्यक्षमा वडा नं. १ मा फर्के झाँक्री, वडा नं.२ मा तीर्थनारायण मिजार र वडा नं. ५ मा दुकमन रोकाको उमेदवारी परेको छ।  

सुनिलस्मृति गाउँपालिका अध्यक्षमा कमल थापाले उमेदवारी दिएका छन् भने उपाध्यक्षमा दिपेश विष्टको उमेदवारी परेको छ । वडाध्यक्षमा वडा न २  मा बेगमध्वोज थापा ‘एनान’ र वडा नं. ६ मा सन्तोष सुवेदीको उमेदवारी परेको छ । 

परिवर्तन गाउँपालिका अध्यक्षमा लालवहादुर डागी र उपाध्यक्षमा मिरा वुढामगरले उमेदवारी दर्ता गराएका छन् । वडा अध्यक्षमा वडा नं. २ वडाध्यक्ष अनिल केसी, ३ नं. वडाध्यक्षमा पृथ्वी बिक्रम डाँगी, ४ नं. वडाध्यक्षमा चित्र बहादुर बुढा ‘गणेश’ ५ नं. वडाध्यक्ष खिम प्रसाद घर्ती शाहा ‘ज्वाला’ र ६ नं. वडाध्यक्षमा दिपक थापाको उमेदवारी परेको छ । 

सुनछहरी गाउँपालिकामा पुष्टमन घर्तीमगरले गाउँपालिका अध्यक्षमा स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् । तीन दलीय गठवन्धनको तर्फबाट उपाध्यक्षमा नेपाली क्रांग्रेसका कोमवहादुर वुढामगरले उमेदवारी दिएका छन् । नेकपा एमाले र नेपाली कांग्रेसको पनि समर्थन रहेको छ ।  ६ नं. वडाध्यक्षमा हेमन्त पुनले उमेदवारी दिएका छन् । 

लुङ्ग्री गाउँपालिकाको गाउपालिकाका अध्यक्षमा  भुपेन्द्र खड्का क्षेत्री र उपाध्यक्षमा ज्ञानु माया बिकले उमेदवारी दर्ता गराएका छन्। वडा अध्यक्षहरुमा १ नं. वडाध्यक्षमा धन बहादुर खत्री, २ नं. वडाध्यक्षमा जितमान खड्का, ३ नं. वडाध्यक्षमा लिला बहादुर घर्ती क्षेत्री, ४ नं. वडाध्यक्षमा टेक बहादुर बिष्ट र ५ नं. वडाध्यक्षमा सर्वण कुमार रोका मगर को उमेदवारी परेको छ । 

रोल्पा नगरपालिका, त्रिवेणी र माडी गाउँपालिकामा गाउपालिका अध्यक्ष र उपाध्यक्षको उमेदवारी परेको छैन । त्रिवेणी गाउँपालिका वडा अध्यक्षमा ३ नं. वडाध्यक्षमा बेद बहादुर पुन ‘प्रसान्त’ र ६ नं. वडाध्यक्षमा खिम राज पुनको उमेवारी परेको छ । 

माडी गाउँपालिकाको ५ नं. वडाध्यक्षमा प्रकाश के.सी र रोल्पा नगरपालिकाको १० नं वडा अध्यक्षमा धन बहादुर खत्री ‘विश्लेषण’को उमेदवारी परेको छ । 

रुन्टिगढी गाउपालिकामा कुनै उमेदवारी नपरेको जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश सचिव केवी गुरुङले जानकारी दिए । 



प्रतिक्रिया दिनुहोस !