भीरकोट नगरपलिका प्रमुखमा छ र उपप्रमुखमा पाँच जनाको उम्मेदवारी दर्ता
स्याङ्जा । स्थानीय तहको निर्वाचान वैशाख ३० को लागि भीरकोट नगरपालिकाको प्रमुखमा ६ र उपप्रमुखमा ५ जनाको उम्मेदवारी दर्ता भएको छ ।
नगरप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का विश्वनाथ अर्याल, नेपाली काँग्रेसका गोविन्द कर्मचार्य, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की रेखा बस्याल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हर्क बहादुर गुरुङ, मंङ्गोल नेशनल अर्गनाइजेशनका विर बहादुर गुरुङ, राष्ट्रिय जनर्मोचा नरभूपाल दमाईँ, लगायतले नगरप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सरस्वती अधिकारी, नेपाल काँग्रेस की भगवती रेग्मी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द) का मिन प्रसाद कोइराला, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की मीन कुमारी अधिकारी, र मंगोल नेशनल अर्गनाइजेशनकी टिका कुमारी गुरुङले उम्मेदवारी दर्ता गराएको भीरकोट निर्वाचन कार्यलय अधिकृत ऋषिराम आर्चायले जानकारी दिए ।








