९ पुस २०८२, बुधबार

गल्याङ नगरपालिकाको प्रमुखमा नौ र उपप्रमुखमा सात जनाको उम्मेदवारी दर्ता

प्रकाशित मिति :  26 April, 2022 2:28 pm


स्याङ्जा । स्थानीय तहको निर्वाचन वैशाख ३० को लागि स्याङ्जाको गल्याङ नगरपालिकाको प्रमुखमा ९ र उपप्रमुखमा ७ जनाको उम्मेदवारी दर्ता भएको छ ।

नेपाल कम्युष्टि पार्टी (एमाले) का सूर्यप्रसाद गैह्रे, नेपाली काँग्रेसका गुरुप्रसाद भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का विजय बस्रेत, नेकपा एकीकृत समाजवादी पार्टीका हरिप्रसाद भण्डरी, एकीकृत माओवादी केन्द्रका धनश्याम भट्टराई, नेपाली काँग्रेस (विपी) की लोनकला भट्टराई, मंङ्गोल नेशनल अर्गनाइजेशनका लोकबहादुर पल्ली, मौलिक जरोकिलो पार्टीका कमल न्यौपाने र स्वतन्त्रमा रेशमराज भट्टराईले नगरप्रमुखमा उम्मेदवारी दर्ता गरेका छन ।

त्यसैगरि उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की देवीसरा थापा, नेपाली काँग्रेसकी होम न्यौपाने, एकीकृत माओवादी केन्द्रकी हेम कुमारी तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सिता कुमारी भट्टाई, नेकपा एकीकृत समाजवादी पार्टीकी पूणिकला भट्टराई, मंङ्गोल अर्गनाइजेशनकी दिल माया सिङ्जाली र मौलिक जरोकिलो पार्टीकी गितादवी शर्माले उम्मेदवारी दर्ता गराएको गल्याङ निर्वाचन कार्यलय अधिकृत कशीराम गैह्रेले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !