७ पुस २०८२, सोमबार

पुतलीबजार नगरपालिकाको नगरप्रमुखमा नौ र उपप्रमुखमा सात जनाको उम्मेदवारी दर्ता

प्रकाशित मिति :  26 April, 2022 3:23 pm


स्याङ्जा । स्थानीय तहको निर्वाचन वैशाख ३० को लागि पुतलीबजार नगरपालिकाको नगप्रमुखमा ९ र उपप्रमुखमा ७ जनाको उम्मेदवारी दर्ता भएको छ ।

नेपाली कम्युष्टि पार्टी (एमाले) की सिमा कुमारी क्षेत्री, नेपाली काँग्रेसका तुलसी रेग्मी, नेपाल कम्युष्टि पार्टी (माओवादी केन्द्र) का नारायणप्रसाद लम्साल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिल कुमारी शाही, जनता समाजवादी पार्टी नेपालका पुम नारायण अर्याल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महाप्रसाद सुवेदी, मंगोल नेशनल अर्गनाइजेशनका सूर्य बहादुर थापा र स्वतन्त्रमा अनुवर अली र ईश्वर पराजुलीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी उपप्रमुखमा नेपाली कम्युनिष्ट पार्टी (एमाले) का महेश पुरी, नेपाली काँग्रेसकी देवी अर्याल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सरस्वती शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की दिल कुमारी शाही, जनता समाजवादी पार्टी नेपालकी आस्था नेपाली, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सुनिता क्षेत्री र मंगोल नेशनल अर्गनाइजेशकी तीरर्थ गुरुङले उम्मेदवार दर्ता गराएको पुतलीबजार निर्वाचन अधिकृत वस्नतराज पौडेले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !