९ पुस २०८२, बुधबार

सिवाइसि लघुवित्तको आइपीओ बिहीबार बाँडफाँड हुने

प्रकाशित मिति :  26 April, 2022 3:41 pm


काठमाडौं । सिवाइसि लघुवित्तले सर्वसाधारणका लागि बिक्री खुला गरेको ३ लाख ६९ हजार ४८८ कित्ता शेयरको बाँडफाँड बैशाख १५ गते बिहीबार हुने भएको छ।

आइपीओ बाँडफाँड बिहीबार बिहान ९ बजे गरिने बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।

कम्पनीले वैशाख २ गतेदेखि ६ गतेसम्मका लागि कुल ३ लाख ९५ हजार ३३६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो जसमा १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियो ।

बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएकाे थियाे ।

कम्पनीले बिक्रीमा ल्याएको उक्त आइपीओमा मागभन्दा ६९.७९ गुणा बढी आवेदन परेकाले ३६ हजार ९४८ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाउनेछन् भने बाँकी २२ लाख ४७ हजार ९०० जनाको भने हात खाली हुनेछ ।

हाल लघुवित्तको चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ।



प्रतिक्रिया दिनुहोस !