नेप्से परिसूचक १५ .०२ अंकले घट्यो
काठमाडौं । मंगलबार नेप्से परिसूचक १५.०२ अंकले घटेर २३७०.९९ विन्दुमा बन्द भएको छ। त्यस्तै सेन्सेटिभ इण्डेक्स १.७४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०३ अंक घटेको छ ।
नेप्से ओरालो लागेसँगै आज मंगलबार कारोबार रकम पनि ओरालो लागेकाे छ। मंगलबार नेप्सेमा २२८ स्टकको २५ हजार ७६६ पटकको कारोबारमा १ अर्ब ४ करोड ६० लाख १४ हजार रुपैयाँ बराबरको ३४ लाख १९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से ओरालो लागेपनि आज जाल्पा लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। मंगलबार जाल्पा लघुवित्त ८५ रुपैयाँ ८० पैसा बढेर ९४४ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ।
त्यस्तै किसान लघुवित्तको शेयरमूल्य ४ प्रतिशत बढेको छ। आज हिमालयन पावर पार्टनरको शेयरमूल्य सर्वाधिक ५.४१ प्रतिशत घटेको छ भने मल्टीपर्पस फाइनान्सको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै, युनाइटेड इदी मार्दीको शेयरमूलय ४ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सिद्धार्थ बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ४ करोड २१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अपि पावर कम्पनीको ४ करोड ६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
मंगलबार १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ वटाको घटेको छ।








