९ पुस २०८२, बुधबार

भीरकोटमा वडाअध्यक्ष उम्मेदवारी दिएका भीम बहादुर गुरुङ विरुद्ध उजुरी

प्रकाशित मिति :  26 April, 2022 6:59 pm


स्याङ्जा । स्याङ्जामा नेपाली कांग्रेस तर्फबाट भीरकोट नगरपालिका वडा नम्बर ९ को वडाध्यक्षमा उम्मेदवारी दिएका भीम बहादुर गुरुङ विरुद्ध मुख्य उजुरी परेको छ ।

मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मामंङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका मेयरमा उम्मेदवारी दिएका वीर बहादुर गुरुङले उजुरी दिएका हुन् ।

उनी विरुद्ध भीरकोट नगरपालिका वडा नम्बर ९ का एक नागरिकको नागरिता बनाइदिने भन्दै १ लाख ३५ हजार घुससहित पक्राउ परेको आरोप रहँदा रहँदै वडाध्यक्षको उम्मेदवारी दर्ता गरेको उजुरी दिएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

साथै भीम बहादुर गुरुङ यसअघि पनि भीरकोट ९ का वडाध्यक्ष रहेका थिए । उनी नागरिता बनाइदिने भनेर भ्रष्ट्रचार गरेको आरोपमा निलम्बनमा परेका थिए ।

उनी धरौटीमा रिहा समेत भएका थिए ।



प्रतिक्रिया दिनुहोस !