सुनको मूल्य लगातार घट्दै
प्रकाशित मिति : 27 April, 2022 11:16 am
काठमाडौं । नेपाली बजारमा आज बुधवार पनि छापावाला सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेर तोलाको ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि छापावाला सुनको मूल्य ९०० रुपैयाँले ओरालो लागेको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर तोलाको १३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।








