विप्लव नेतृत्वको नेकपाद्धारा केन्द्रीय सचिवालय सदस्य वली र बास्तोलालाई कारबाही
काठमाडौं । विप्लव नतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सचिवालय सदस्य हेमन्त प्रकाश वली र धर्मेन्द्र बास्तोलालाई कारबाही गरेको छ ।
स्थानीय तहको निर्वाचन उपयोगको विषयमा सचिवालय सदस्य बास्तोलाले छुट्टै विज्ञप्ति जारी गरे लगत्तै महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै वली र वास्तोलालाई सबै पदबाट अनिश्चितकालका लागि पदमुक्त गरेको जनाएका छन् ।
सचिवालय ओली र बास्तोलाले मालेमावादको सामान्य संगठनात्मक विधि एवं मान्यता एवं एकीकृत जनक्रान्तिको भावना विपरित बैठकका निर्णय र नेतृत्वका विरुद्ध पार्टी बाहिरका संचारमाध्यमहरूमा छाडा एवं अराजक तरिकाले अन्तवार्ता दिने कार्यकर्तामाझा गुटबन्दी गर्ने र पार्टीका सबै मूल्यमान्यता भत्काउने कार्य गरेको ज्ञिप्तिमा उल्लेख छ ।
महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“तत्कालको जटिल परिस्थितिमा पार्टी एकतामा बाधा नपरोस भनेर नेतृत्वले संयमता अपनाएको तर नेतृत्वको संयमता एवं उदारतालाई कमजोरीका रूपमा पकडेर सचिवाल सदस्य कञ्चनले कुनै सम्पर्क नै नगरी सचिवालयको सदस्यको नामबाट वक्तव्य जारी गर्दै पार्टीले स्थानीय चुनावमा पठाएका देशभक्त, जनवादी स्वतन्त्र उम्मेदवारहरुलाई सहयोग गर्नुको सट्टा चुनावबाट फिर्ता हुनु पर्ने नभए कार्यवाही गर्ने जस्ता हुँदै गैरजिम्मेवार एवं हास्यास्पद वक्तव्य निकालपछि स्थति एकदमै गंभीर बन्न पुग्यो ।”









