७ पुस २०८२, सोमबार

स्याङ्जामा १२ दिनमा ६ जना लागूऔषध सहित प्रकाउ

प्रकाशित मिति :  27 April, 2022 12:54 pm


स्याङ्जा । स्याङ्जामा १२ दिनको बीचमा ६ जनालाई प्रहरीले लागू औषध सहित प्रकाउ गरेको छ ।

लागूऔषध कारोबारमा संलग्र र प्रयोगकर्ताहरुलाई वैशाख १ गतेदेखि १२ गतेसम्म विभिन्र ठाउँहरुबाट ६ जनालाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रकाउ पर्नेमा वैशाख ४ गते जिल्ला स्याङ्जा फेदीखोला गाउँपालिका वडा नम्बर १ बस्रे ३५ वर्षिय सन्तोष कामीलाई गल्याङ् वडा नम्बर १ राम्दीबाट डियाजिपाम १२ एम्पुल, नोफिल १२ एम्पुल, पिनिरागन १३ एम्पुल र निडल १ थान सहित प्रकाउ गरेको हो ।

त्यसैगरी वैशाख ७ गते कास्की पोखरा महानगरपालिका वडा नम्बर १७ बस्रे ३१ वर्षीय अनिल गिरीलाई स्याङ्जाको वालिङ नगरपालिका ८ कटहरकोटबाट डियाजिपाम २१ एम्पुल, नोफिल २१ एम्पुल, पिनिरागन २१ एम्पुल र ६८० नगद सहित प्रकाउ गरेको हो ।

वैशाख १० गते कास्की पोखरा महानगरपालिका वडा नम्बर १६ बस्रे १९ वर्षिय रबिन बि क र जिल्ला कास्की माछापुच्छे्र गाउँपालिका वडा नम्बर ८ बस्रे २२ वर्षिय सन्दिप गुरुङलाई स्याङजा गल्याङ वडा नम्बर १ राम्दीबाट डियाजिपाम १२ एम्पुल, नोफिल १२ एम्पुल, पिनिरागन ११ एम्पुल, १ थान सिरिन्ज र रबिन वि क को साथबाट डियाजिपाम २५ एम्पुल, नोफिल २५ एम्पुल, र पिनिरागन २५ एम्पुल सहित प्रकाउ गरेको हो ।

वैशाख १२ गते कास्की पोखरा महानगरपालिका १० बस्रे २० वर्षीय अभिषेक सुनार र सोही महानगरपालिका वडा नम्बर १३ बस्रे १९ वर्षीय बिमल थापालाई गल्याङ नगरपालिका वडा नम्बर १ राम्दीबाट डियाजिपाम १३ एम्पुल, नोफिल १३ एम्पुल, पिनिरागन १४ एम्पुल, सिरिन्ज १ थान सहित अभिषेक सुनार र बिमल थापाको साथबाट डियाजिपाम ८एम्पुल, नोफिल ८एम्पुल, पिनिरागन ८ एम्पुल सहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

साथै प्रकाउ परेका सबैलाई वडा प्रहरी कार्यलय वालिङले प्रकाउ गरेको र थप कारबाहीको लागि जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।



प्रतिक्रिया दिनुहोस !