हप्तामा २ दिन सार्वजनिक विदा दिने सरकारको निर्णय, कार्यालय समय भने बढ्यो
प्रकाशित मिति : 27 April, 2022 2:48 pm
काठमाडौं । सरकारले हप्तामा २ दिन विदा दिने निर्णय गरेको छ ।
सूचना तथा सञ्चारप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वैशाख १३ गते मंगलबारको मन्त्री परिषद्को निर्णय सार्वजनिक गर्दै जेठ १ गतेदेखि लागू हुने गरी परीक्षणका रुपमा शानिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिए ।
कार्यालय समय भने बिहान ९ः३० देखि ५ : ३० सम्म कार्यालय कायम गर्ने निर्णय समेत भएको मन्त्री कार्कीले जानकारी दिए ।








