७ पुस २०८२, सोमबार

मनोनयन भएका उम्मेदवारको नामावली आज प्रकाशन गरिने

प्रकाशित मिति :  28 April, 2022 7:22 am


काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन ०७९का लागि मनोनयन भएका उम्मेदवारहरुको नामावली आज बिहीबार प्रकाशन गरिने भएको छ ।

वैशाख ११ र १२मा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेकामा आज बेलुका ६ बजे नामावली प्रकाशन गर्ने भएको छ ।

आयोगका अनुसार वैशाख १६ बेलुकासम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् भने उम्मेदवारको अन्तिम नामावली पनि १६ गते नै प्रकाशन हुनेछ । निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि साढे १ लाख ५२ हजार ४६५ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार प्रमुख पदका लागि ३ हजार ४९६, उपप्रमुख पदका लागि २ हजार १५७ जनाले निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएको छ। त्यसैगरी अध्यक्ष पदमा ३ हजार ३८७, उपाध्यक्ष पदमा २ हजार ४०१ जनाले उम्मेदवारी दिएका छन्।

३५ हजार २८४ जनाले वडा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्। महिला वडा सदस्य पदका लागि २६ हजार ४६८, दलित महिला सदस्यका लागि २३ हजार ८५९, सदस्य पदमा ५५ हजार ४९१ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !