७ पुस २०८२, सोमबार

चितवनको कमलनगर चोकका पसलमा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा

प्रकाशित मिति :  28 April, 2022 8:35 am


फाेटाे : नारायणी अनलाइन

चितवन । चितवनको नारायणगढस्थित कमलनगर चोकमा गए राति २ बजेदेखि लागेको आगो आज बिहान ७ बजे मात्रै नियन्त्रणमा आएकाे छ। गए राति । केही पसलमा दुई बजेबाट लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा आएको हाे।

जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार कमलनगरस्थित तुलसिराम सापकोटाको घरको पहिलो तल्लामा रहेका पसलहरुमा आगलागी भएको थियो।

आगोले विष्णुप्रसाद लामिछानेले सञ्चालन गरेको एक्प्रेस मोवाइल पसल, विष्णु आचार्यको दुर्गा इलेक्ट्रोेनिक्स, बसन्त कार्कीको श्रीकृष्ण सप्लायर्स, शंकर सापकोटाको जुत्ता पसल र सूर्यमणि लामिछानेको दियालो फेन्सीमा क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका र नेपाली सेनाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

प्रहरीका अनुसार बिधुत सर्टबाट आगलागी भएको अनुमान गरिएको छ। आगलागीबाट करोडौंको क्षति भएको स्थानीय बताएका छन्। प्रहरीले भने क्षतिको विवरण संकलन भइरहेको जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस !