सुनको मूल्य ह्रातै घट्यो
प्रकाशित मिति : 28 April, 2022 11:03 am
काठमाडौं । आज बिहिबार नेपाली बजारमा छापावाला सुनको मूल्य ह्रातै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनसुार आज छापावाला सुनको मूल्य प्रतितोला १००० रुपैयाँले घटेर तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि ह्रातै घटेको छ । महासंघका अनुसार हिजो १३४० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर तोलाको १३२० रुपैयाँमा कारोबार भइरहेको छ ।








