सिवाइसी लघुवित्तको आईपीओ बाँडफाँट
काठमाडौं । सिवाइसी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि बिक्रीमा ल्याएको आईपीओ बाँडफाँट गरेको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटलमा आज बिहान शेयर बाँडफाँट भएको हो।
लघुवित्तको आईपीओ २२ लाख ५ हजार ६३३ जनाको आवेदन परेको थियो । त्यस मध्ये ३ हजार २७२ जानको आवेदन रद्द भएको बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटलले जनाएको छ ।
न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा ३६ हजार ९४८ जनाले शेयर पाएका छन् । बाँकी रहेको ८ कित्ता शेयर त्यसमध्येबाट १० कित्ता भन्दा बढी आवेदन गर्नेलाई गोलाप्रथाबाट वितरण गरिएको छ ।
कम्पनीले वैशाख २ गतेदेखि ६ गतेसम्मका लागि कुल ३ लाख ९५ हजार ३३६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो जसमा १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
हाल लघुवित्तको चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ।








