स्याङ्जामा ट्याक्टरले किचेर १ जनाको मृत्यु
प्रकाशित मिति : 28 April, 2022 12:38 pm
स्याङ्जा । स्याङ्जामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
हरिनास गाउँपालिका १ भुटियाखोलास्थित सडकमा ना ६ त १८१९ नम्बरको ट्याक्टरबाट खसेर सोही ठाउँ सालडाँडा बस्रे ६६ वर्षिय भुजेलको मृत्यु भएको छ ।
ट्याक्टरबाट खसेका भुजेलाई सोही टयाक्टरले किचेको थियो । हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।








