९ पुस २०८२, बुधबार

रोल्पाको माडीमा उम्मेदवारबीच उजुरी हालाहाल

प्रकाशित मिति :  28 April, 2022 2:00 pm


फाइल फोटो

उमा केसी-

रोल्पा । रोल्पाको माडी गाउँपालिकामा उम्मेदवारहरुले एक अर्का विरुद्ध उजुरी हालाहाल गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालय माडीका अनुसार गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका अमरसिंह घर्तीमगरले नेकपा एमालेबाट अध्यक्षको उम्मेदवार बनेका विजयकुमार घर्तीमगरका विरुद्ध उजुरी दर्ता गराएका छन् ।

विजयको श्रीमतीले आर्थिक अनियमिता गरेको भन्दै अमहरसिंहले उजुरी गरेका छन् । त्यस्तै एमालेबाट वडा सदस्य उठेका वीरबहादुर खत्रीले माओवादी केन्द्रबाट वडा सदस्यमा उठेका रुपलाल बुढा विरुद्ध उजुरी गरेका छन् ।

खत्रीका अनुसार बुढा विरुद्ध अख्तियारमा उजुरी परेको छ । त्यस्तै माओवादी केन्द्रबाट माडी ४ को वडा अध्यक्ष उठेका रेगबहादुर मल्लले एमालेबाट वडा अध्यक्षको उम्मेदवार बनेका बलप्रसाद विक विरुद्ध अअदालतको फैसला कार्यान्वयन नभएको भन्दै उजुरी गरेका छन् ।

माडी ४ बाट वडा महिला सदस्य रहेकी दर्शना खड्काले सरकारी सेवाबाट राजीनामा नदिएको भन्दै माओवादी केन्द्रबाट महिला सदस्यको उम्मेदवार बनेकी बरमाली कुमारी बुढा विरुद्ध उजुरी गरेको निर्वाचन अधिकृतको कार्यालय माडीले जनाएको छ ।

यस्तै माओवादी केन्द्रबाट वडा नम्बर १ को अध्यक्षको उम्मेदवार बनेका रोहितसिंह घर्तीले एमालेबाट वडाअध्यक्षको उम्मेदवार बनेका मोहनसिंह वली विरुद्ध पेश्की पच्र्छौट नगरेको भन्दै उजुरी गरेका छन् ।

माडीमा नेकपा एमाले र नेपाली कांग्रेसले गठबन्धन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !