साताको अन्तिम दिन नेप्से परिसुचक १९. ९७ अंक घट्यो
काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक १९.९७अंक घटेर २३५६.२० विन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ४.३२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६३ अंक घटेको छ।
बिहिबार नेप्से ओरालो लागेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ। अघिल्लो कारोबार दिन १ अर्ब ८ करोडको शेयर खरिदबिक्री भएको आज २२६ स्टकको २८ हजार ९१२ पटकको कारोबारमा १ अर्ब ४९ करोड ६२ लाख ४६ हजार रुपैयाँ बराबरको ४५ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से ओरालो लागेपनि आज जाल्पा लघुवित्तको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज जाल्पा लघुवित्तको शेयरमूल्य १०३ रुपैयाँ ८० पैसा बढेर १ हजार १४२ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै राधी विद्युत कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ भने माउन्टेन इनर्जीको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ। त्यस्तै १६ कम्पनीको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ।
बिहीबार १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.७७ प्रतिशत घटेको छ। त्यस्तै वित्त उपसमूहको १.६९ प्रतिशत, व्यापारको १.४७ प्रतिशत, अन्यको १.४६ प्रतिशत, उत्पादन तथा प्रशोधनको १.३४ प्रतिशत, जीवन बीमाको १.२२ प्रतिशत र लगानीको १.२१ प्रतिशत घटेको छ।








