९ पुस २०८२, बुधबार

वडाध्यक्षका स्वतन्त्र उम्मेदवार अधिकारीले चुनाव जितेपछि गरे तलब नलिने घोषण

प्रकाशित मिति :  28 April, 2022 5:48 pm


सिन्धुली । २०७९ वैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरिसकेका छन् । केन्द्रमा विभिन्र पार्टीले चुनाव जितेपछि आफूहरुले गर्ने कार्यहरु चुनावी घोषणपत्रमा सार्वजनिक गरेका छन् ।

त्यस्तै सिन्धुली गाउँपालिका वडा नम्बर ३ का रामचन्द्र अधिकारीले स्वतन्त्रमा वडाध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । अधिकारीले वडा अध्यक्षमा विजय पश्रचात सरकारी तलब भत्ता आफूले नलिई सम्मपूर्ण रकम वडाको उपचार कोषमा मासिक रुपमा हाल्ने घोषण गरेका छन् ।

अधिकारीले आफूले जितेपछि वडाका जनताको लागि एम्बुलेन्स सेवा निःशुल्क, शिक्षा सेवा निःशुल्क जस्ता कुरालाई प्रथामिकता दिने भएका छन् । समाजमा सार्वजनिक स्थलहरुमा जाड रक्सी खाने, रक्सी बेच बिखन गर्ने र होहल्ला गर्नेलाई प्रशासन सँग सहकार्य गरेर कारबाही गर्ने र वडाका धेरै स्थानमा खानेपानीको समस्या रहेकाले त्यसको दीर्घकालीन समाधान गर्ने र वडाबासीलाई स्वच्छ र सफा खानेपानी पुर्याउने उनको भनाइ छ ।

अधिकारीले निर्वाचन जितेपछि नयाँ कार्यको थालनी गर्ने भएका छन्, वडा बासीलाई जन्मदिनको अवसरमा सार्वजनिक स्थलमा रुख रोप्न वडाले विरुवा उपलब्ध गराउने बताए । त्यसैगरि वडामा मानिसहरु बाँदरदेखि आजित भएकाले बाँदर नियन्त्रण गर्ने उपकरण किनेर वडावासीलाई बितरण गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

वडामा गुण्स्तर शिक्षा प्रधान गर्न जुम मार्फत महिनाको एकपटक विद्यार्थीहरुलाई बाहिरी ज्ञान प्रदान गर्ने र समुदायमा पुस्तकालय निर्माण गर्ने अधिकारीले बताए । अधिकारीले आफ्नो पहिलो प्रथामिकता वडावासीलाई स्वरोजगार बनाउने रहेको भन्दै, एक घर एक उद्यमशीलता विकास गर्ने र सीप अनुसारको तालिमको व्यवस्थापन गर्नुका साथै तालिमपछि नागरिकले उत्पादन गरेका वस्तुहरु बजार व्यवस्थापन वडाले गर्ने अधिकारीले बताए ।

उनले भने, “कृषि गर्दा रासायनिक मलको अभाव भएकाले घरमा कुहिने बस्तुलाई प्राङ्गग्रारिङ मलमा परिर्वतन गर्ने तालिम दिएर केही प्रतिशत रासायनिक मल समस्याको न्यूनिकारण गर्न सकिन्छ । ’’

अधिकारीले किसानले उत्पादन गरेका वस्तुहरु वडामै एउटा हाट बजार सन्चालन गरेर हप्ताको एक दिन शनिबार हाटबजार सन्चालनमा ल्याउने कुरालाई जोड दिएका छन् ।

अहिलेको समयमा हेर्ने हो भने मानिसहरुले अन्धाधुन्धमा जङ्गल मास्ने काम गरेका छन्, जसले गर्दा समयमा पानी नपर्ने, विभिन्र रोगहरु फैल्ने समस्या देखापर्दै आएकाले त्यो समस्या समाधान गर्न “‘एक घर एक बिरुवा’’ भन्रे मुलका नाराका साथ जनतालाई सुुचिकृत गर्ने अधिकारीले जानकारी दिए ।

अहिलेका नेताहरुले विकास भनेको सडक बनाउनेलाई मात्र मान्ने जथाभावी तरिकाले खनिएको सडकले आउँदो पुस्तालाई समस्या पार्ने भएकाले नयाँ तरिकाले पुराना सडकहरुलाई नै मर्मत गर्ने अधिकारीको भनाइ छ ।

अधिकारीले परम्परागत चलिआएका लोक संस्कृति चाडपर्वहरु जोगाउनको लागि भजन, कृतन, सप्ताह जस्ता कार्यक्रम गर्ने र युवालाई भजन कृतन तिर आर्कषण बनाउन तालिमहरु प्रदान गर्ने बताए ।

उनले भने, “कुनैपनि वडावासीहरुले सामान्य रोगबाट अकालमा ज्यान गुमाउन नपरोस् भनेर त्यसको लागि देशविदेशमा रहेका नेपाली मार्फत पैसा संकलन गरेर उक्त नगद वडाको उपचार कोषमामा राख्ने र हेल्थपोस्टको बिकास गर्न कम्तीमा एक डाक्टरको अनिवार्य व्यवस्थापन गर्ने छु ।’’

अधिकारीले वडाका युवाहरुकको लागि खेलमैदान निर्माण गर्ने र वडाबाटै खेलाडी उत्पादन गरेर राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने बताएकाछन् । त्यसका साथै अधिकारीले वडामा सन्चालन भएका आयोजनाहरुको लेखापरीक्षण नियमित गर्ने वा क्रस चेक गर्नुका साथै आफूलाई स्वयंम खबरदारी गर्न प्रत्येक टोलबाट एकएक जनाको स्वतन्त्र खबरदारी टिम र सुझाव तथा सल्लाहकार टिम बनाउने बताए ।



प्रतिक्रिया दिनुहोस !