९ पुस २०८२, बुधबार

आज अपरान्ह ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने

प्रकाशित मिति :  29 April, 2022 7:29 am


Election commission

काठमाडौं । उम्मेदवारी फिर्ता लिन चाहनेहरुले आज अपरान्ह ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने निर्वाचन आयोगले जानकारी दिएको छ ।

वैशाख ११ र १२ मा उम्मेदवारी दर्ता गराएकाहरुले केही कारणले उम्मेदवारी फिर्ता लिन चाहे मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत कार्यालय पुगी उम्मेदवारी फिर्ता लिन सक्नेछन्।

वैशाख ३० मा हुने स्थानीय चुनावका लागि आजसम्म उम्मेदवारी फिर्ता लिन चाहनेलाई समय दिइएको छ। आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ।

सत्तागठबन्धन बैठकले विभिन्न स्थानीय तहमा आधिकारिक उम्मेदवारविरुद्ध उठेका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ।

बिहीबार बालुवाटारमा बसेको सत्तागठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठकले शुक्रबार अपरान्ह ५ बजेभित्र बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गरेको हो।



प्रतिक्रिया दिनुहोस !