९ पुस २०८२, बुधबार

बागी उम्मेदवारीबारे निर्णय लिन बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक सुरु

प्रकाशित मिति :  29 April, 2022 11:14 am


फाइल फाेटाे

काठमाडौं । साझा उम्मेदवारविरुद्ध परेका बागी उम्मेदवारबारे निर्णय लिन सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको छ ।

सत्तारूढ गठबन्धनले केन्द्रबाटै ६ महानगर र ११ उपमहानगरमा मिलेर चुनाव लड्ने निर्णय गरेको थियो । गठबन्धनका उम्मेदवारविरुद्ध देशभर बागी उम्मेदवारी परेका छन् । चितवन, जनकपुरमा बागी उम्मेदवारी दिएकाहरूले उम्मेदवारी फिर्ता नलिने अडान राखेका छन्।

गठबन्धनको १४ बैशाखमा बसेको बैठकले बागी उम्मेदवारी फिर्ता लिन र गठबन्धन भित्रका दलले एमालेसँग गरेको तालमेल खारेज हुने चेतावनी दिएको थियो ।

त्यस्तै नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीका विद्रोही उम्मेदवारलाई मनोनयन फिर्ता आग्रह गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन ।

निर्वाचन आयोगले आज विहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय तोकेको छ । उक्त समयभित्र उम्मेदवारी फिर्ता नलिने बागी उम्मेदवारका साथै उनको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित गरिने पौडेलले बताए ।



प्रतिक्रिया दिनुहोस !