१२०० रुपैयाँले महंगियो सुन
प्रकाशित मिति : 29 April, 2022 11:32 am
काठमाडौं । नेपाली बजारमा छापावाला सुनको मूल्य मंहगिएको छ । नेपाल सुनचाँव्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १२०० रुपैयाँले बढेर तोलाको ९९ हजार २००रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
आज शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी स्थिर रही १३२० रुपैयाँ तोलामा कारोबार भइरहेको छ । बिहिबार पनि चाँदी १३२० रुपैयाँमा कारोबार भएको थियो ।








