बागी उम्मेदवारी फिर्ता नलिए कारबाही: कांग्रेस
प्रकाशित मिति : 29 April, 2022 1:20 pm
काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे, गराएको भए तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ ।
विद्रोही उम्मेदवारीलाई निर्वाचन आयोगद्धारा तोकिएको मिति र समय (आज वैशाख १६ गते विहान १०बजेदेखि ५ बजेसम्म) उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्न कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्तिमार्फत अनुरोध गरेका हुन् ।
तोकिएको मिति र समयभत्रि आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४(१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वत निष्काशित हुने विज्ञप्तिमा उल्लेख छ ।








