८ पुस २०८२, मंगलबार

गभर्नर अधिकारीमाथिको कारबाही प्रकृया कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी

प्रकाशित मिति :  29 April, 2022 5:24 pm


काठमाडौं । सर्वोच्च अदालतले गर्भनर महाप्रसाद अधिकारीमाथि छानविन र निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

दुबै पक्षको बहसपछि न्यायाधीस सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासले यसअघिको आदेशलाई निरन्तरत दिएको हो ।

गभर्नर अधिकारीलाई विभिन्न अरोप लगाउँदै चैत्र २४ गतेको मन्त्रिपरिषद्को बैठकले छानविन गर्न समिति बनाएको थियो । छानबिन समिति बनाएपछि गभर्नर अधिकारी स्वत निलम्बनमा परेका थिए ।

सरकारको निर्णय विरुद्ध अधिकारी सर्वोच्च अदालतमा गएका थिए । अदालतले यसअघि सर्वोच्च अदालतले वैशाख ६ गते सरकारलाई निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको थियो ।

अन्तरिकालीन आदेशपछि दुबै पक्षलाई छलफलका लागि वैशाख १३ गते बोलाएको थियो । दुबै पक्षको बहसपछि आज सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।



प्रतिक्रिया दिनुहोस !