थवाङमा विप्लव नेतृत्व नेकपाले दर्जितलाई अगाडि सार्यो,तीन जनाको उम्मेदवारी फिर्ता
प्रकाशित मिति : 29 April, 2022 6:13 pm
उमा केसी
रोल्पा । थवाङमा गाउँपालिकामा विप्लव नेतृत्वको नेकपाबाट स्वतन्त्र उम्मेदवारी दिएका दर्जित रोकामगरलाई समर्थन गर्दै अन्य तीन जनाले मनोनयन फिर्ता लिएका छन् ।
नेकपाबाट स्वतन्त्र उम्मेदवारी दिएका अमित घर्ती, अजय घर्ती र महेश बुढामगरले मनोनयन फिर्ता लिएका हुन् । केन्द्रले अमितलाई अगाडि बढाउन चाहेको थियो ।
तर स्थानीय सल्लाह सुझाव अनुसार दर्जितलाई अगाडि सारिएको हो ।
थवाङको मुख्य क्षेत्र नेकपाको प्रभाव रहेपनि समग्र गाउँपालिकामा भने आँकलन गर्न गाह्रो हुने एक नेताको भनाई छ । चुनावी अभियानमा खटिएका नेकपाका जिल्ला स्तरीय नेकपाले भने,“गठबन्धन बनाएर जाने अवस्थापनि देखिएन र गाउँपालिकाभित्र चुनावमा अलि बढी प्रतिस्प्रधा नै हुने देखियो ।”








