आज मातातीर्थ औंसी
प्रकाशित मिति : 30 April, 2022 10:13 am
काठमाडौं । आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । वैशाख कृष्णपक्ष औंसीको दिनलाई मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको रुपमा मनाउन गरिन्छ ।
आजका दिन आमा भएकाहरुले आफ्ना जन्म दिने आमालाई मीठा परिकार खुवाएर तथा राम्रा कपडा लगाउन दिएर खुशी पार्ने प्रचलन छ भने आमा नभएकाहरू भने दिवंगत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमालाई सम्झने गर्दछन्।
मातातीर्थ औंसीको अवसरमा काठमाडौंकाे चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्दछ । विगत दुई वर्ष कोरोनाको सङ्क्रमण तीव्र रूपमा फैलिएकाले मातातीर्थमा दिवङ्गत माताको सम्मानमा लाग्ने गरेको मेला स्थगित गरिएको थियो। यस वर्ष भने कोरोना कम भएकाले मेला लागेको छ।








