गौरका स्वतन्त्र उम्मेदवार अनिमेश मिश्रले पाए आँप चुनाव चिन्ह
प्रकाशित मिति : 1 May, 2022 8:03 am
रौतहट । रौतहटको गौर नगरपालिकाका मेयर पदका लागि उम्मेदवारी दिएका अनिमेश कुमार मिश्रले आँप चुनाव चिन्ह पाएका छन्।
निर्वाचन आयोगको तालिका अनुसार शनिबार वितरण गरिएको चिन्हमा गौर नगरपालिकाको मेयर पहिलो मनोनयन दर्ता गराएका मिश्रले आँप चुनाव चिन्ह पाएका हुन् ।
शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर चुनाव चिन्ह ग्रहण गरेका मिश्रले मेयर पदका लागि स्वतन्त्र उम्मेदवार हुन्।
४० वर्षीय मिश्रले वित्तीय तथा व्यवस्थापनबाट स्रातकोत्तर गर्नुका साथै “सिए आर्टिक्लसिप’’ समेत गरेका छन् ।
मिश्र नेपालका लिडिङ्ग अर्गानाईजेशनहरुमा “ग्रुप सिईओ’’ रहिसकेका छन् । त्यै पेशागत कर्मको क्रममा करिब २१ देशको भ्रमण गरिसकेको मिश्र सामाजिक परिपेक्षमा विशेष दख्खल राख्छन् ।








