वालिङमा जनतासँग उम्मेदवार कार्यक्रम सम्पन्न
स्याङ्जा । अकला आवाज साप्ताहिक र नेपाल स्वंयसेवक सञ्जाल वालिङको आयोजना वालिङ उद्योग वाणिज्य संघमा आयोजित जनतासँग उम्मेदवार कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण खाँणले मेयर पदलाई मालिक र जनतालाई रैती ठान्ने प्रवृतिको अन्त्य गर्ने बताए । उनले मेयर साहेब बनेर नबस्ने र जनताको सवेक बन्ने समेत प्रण गरे ।
उनले वालिङलाई स्वरोजगारमूलक र मौलिक स्रोतको परिचानलमा उत्कृष्ट बनाईने बताए । त्यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका तर्फबाट मेयरका प्रत्यासी एवं निवर्तमान मेयरसमेत रहेका दिलीप प्रताप खाँणले चुनावमा लाग्नेहरुले नगरपालिकाको बारेमा भ्रम सिर्जना नगर्न आग्रह गरे ।
उनले नगरपालिकाको सडक विस्तार कार्यक्रमले दुर्घटनामा न्यूनिकरण भएको भन्दै बाँकी ५ बर्षमा स्मार्ट वालिङको बाकी योजना पूरा गर्ने दाबी गरे ।
यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका मेयरका प्रत्यासी नित्यानन्द तिवारी, राप्रपाका मेयरका प्रत्यासी पूर्ण बहादुर क्षत्री, स्वतन्त्रका प्रत्यासी राजेन्द्र गैरे लगायतले आफ्नो घोषणापत्रसहित प्रतिबद्धता व्यक्त गरेका थिए ।
वालिङ नगरपालिकाका वडाध्यक्षसहित मेयरहरुको प्रत्यासी सहभागी भएको कार्यक्रममा ३ दर्जनबढी प्रस्नहरु उठेका थिए । उठेका प्रस्नहरुमध्येबाट आयोजकले सम्पादन गरिएका प्रश्नहरुमा मेयर, उपमयेर एवं वडाध्यक्षहरुले उत्तर दिएका थिए ।
अकला आवाज साप्ताहिक र नेपाल स्वयंमसेवक सञ्जालको आयोजनामा सम्पन्न कार्यक्रममा वालिङका २ सय भन्दा बढी मतदाताको सहभागिता रहेको थियो ।
वालिङमा पहिलोपटक उमेद्वारसँग साक्षात्कार कार्यक्रमले वालिङका मतदातालाई सकरात्मक सन्देस प्रवाह गरेको अकला आवाज साप्ताहिकका अध्यक्ष तथा प्रधानसम्पादक प्रकाश डुम्रेले बताए । डुम्रेले सबै उम्मेदवारलाई विभिन्न माध्यमबाट आएका प्रश्न र प्रतिक्रियाले थप जिम्मेवार र जवाफदेही बनाएको बताए ।








