स्याङ्जाको चापाकोटमा खुकुरी प्रहारबाट एमालेका कार्यकर्ता घाइते
प्रकाशित मिति : 1 May, 2022 11:56 am
स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकामा नेकपा एमाले र नेपाली कांग्रेस कार्यकर्ताबीच झडप भएको छ ।
झडपका क्रममा खुकुरी प्रहार गर्दा नेकपा एमालेका कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा चापाकोट– १० का २७ वर्षीय नारायण हिस्की मगर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ ।
जिल्ला प्रशासन कार्यलय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालका अनुसार नेकपा एमालेले साँखरमा घरदैलो कार्यक्रम गर्दा एक सय भन्दा बढीको समूहले चापाकोटको पेट्रोल पम्पतिर हर्न बजाउदैँ गरेको अवस्थामा चापाकोटको बीपी चोकमा उक्त घटना भएको हो ।
घाइतेको पेट र टाउकोमा चोट लागेको छ । घाइतेको चापाकोट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।








