नेपाल प्रहरी महानिरीक्षकमा धिरज प्रताप सिंह नियुक्त
प्रकाशित मिति : 1 May, 2022 1:47 pm
काठमाडौं । नेपाल प्रहरी महानिरीक्षकमा धिरज प्रताप सिंह नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आइजीपी नियुक्त गरेको हो ।
नेपाल प्रहरीका वर्तमान महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधि आज सकिदै छ ।
उनी २०७७ असार २३ मा प्रहरी महानिरीक्षक नियुक्त भएका थिए । नेपाल प्रहरी महानिरीक्षकका लागि एआइजी विश्वराज पोखरेल,सहकुल थापा र रबिन्द्र धानुक प्रतिस्प्रधामा थिए ।
२०४९ चैत ११ मा प्रहरी निरीक्षकमा भर्ना भएका तीनै जना आफ्ना ब्याजीलाई पछि पार्दै सिंह प्रहरी महानिरीक्षक नियुक्त भएका हुन् ।








