श्रमिकको अधिकारप्रति कांग्रेस प्रतिबद्ध छः सभापति पुन
प्रकाशित मिति : 1 May, 2022 2:03 pm
रुपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनमगरले श्रमिकहरको हक र अधिकारको निम्ती नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल द्रेड युनियन कांग्रेसद्वारा आज बुटवल १२३ औ श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभपापति पुनले श्रमिक अधिकार नेपाली कांगेसले मात्र सुनिश्चित गर्ने बताए ।
सभापति पुने नेपालमा नेपाली कांग्रेसको नीतिले गर्दा नै उद्योग तथा कलकारखानाहरुको स्थापना हुने वातावरण सिर्जना भएको दाबी गर्दै मजदुरहरु विभिन्न संघ संगठन खोलेर एकीकृत हक अधिकार प्राप्तिको बाटो पनि कांग्रेसले नै अगुवाई गरिरहेको बताए ।
आगामी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउन मजदुरहरुको महत्वपूर्ण हुने कुरामा जोड दिएका छन् । स्थानीय तहमा कांग्रेसको विजयीले मात्र स्थानीय जनता इच्छा र आकांक्षा पुरा दाबी ।








