सोमबार ८००ले सस्तियो सुन
प्रकाशित मिति : 2 May, 2022 11:25 am
काठमाडौं । नेपाली बजारमा आज सोमबार छापावाला सुनको मूल्य तोलामा ८००ले सस्तिएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आइतबार ९९ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार तोलामा ८०० रुपैयाँले सस्तिएर तोलाको ९८ हजार २००रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज सोमबार चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार सोमबार चाँदीको मूल्य १० रुपैयाँले घटेर तोलाको १२९० रुपैयाँमा कारोबार भइरहेको छ ।








