९ पुस २०८२, बुधबार

यस्तो अवस्थामा मतपत्र बदर हुनेछ

प्रकाशित मिति :  2 May, 2022 12:46 pm


काठमाडाैं । निर्वाचन आयोगले मत बदर हुने विषयमा सचेत रहन आग्रह गरेको छ ।

आयोगले सही तरिकाले मत संकेत गर्न भनेको छ । आयोगले भनेको छ,“मतदाताले मत संकेत गर्दा विचार पुर्‍याएर मतदान गर्नुपर्छ अन्यथा मत बदर हुन्छ ।”
मतपत्र बदर हुने अवस्थाः
– सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको,
– औँठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्न बाहेक अन्य चिह्न वा छाप लगाई मत सब्केत गरिएको,
– मत सब्केत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको,
– उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत सब्केत नगरी अन्यत्र मत सब्केत गरिएको,
– उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मात्र मत सब्केत गरिएको,
– कुनैपनि उम्मेदवारको निर्वाचन चिह्नमा मत सब्केत नगरिएको,
– निर्वाचित गर्नुपर्ने संख्या भन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टा–छुट्टै मत सब्केत गरिएको,
– मत सब्केत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको,
– आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको,
– मतपेटिका भन्दा बाहिर राखिएको,
– जाली मतपत्र ।



प्रतिक्रिया दिनुहोस !