लुम्बिनीमा एमालेका ६ जना प्रदेश कमिटी सदस्य कारबाहीमा
प्रकाशित मिति : 2 May, 2022 1:03 pm
रूपन्देही । नेकपा एमालेले लुम्बिनी प्रदेशमा स्थानीय तहको चुनावमा पार्टीको निर्णय विपरीत लागेको भन्दै ६ जना प्रदेश कमिटी सदस्यलाई निष्कासन गरेको छ ।
कारबाहीमा पर्नेमा कपिलवस्तुका कुमार मधु बेल्वासे,पाल्पाका रामबहादुर रावल,दिनेश रावल,प्यूठानका टिकाबहादुर गुरुङ, रुपन्देहीका सञ्जय गुप्ता र बाबुलाल यादव रहेका छन् ।
अध्यक्ष राधाकृष्ण कँडेलले विज्ञप्ति जारी गर्दै ६ जनालाई नै साधारण सदस्य समेत नरहने गरी पार्टीको सबै जिम्मेवारीबाट निष्कासन गरिएको जनाएका छन् ।









