८ पुस २०८२, मंगलबार

सरकारलाई ढुङ्गा गिट्टी निर्यात गर्न निजी क्षेत्रको सुझाव

प्रकाशित मिति :  2 May, 2022 1:37 pm


काठमाडौं । विदेशी मुद्रा सञ्चिती समाधानका लागि ढुङ्गा गिट्टी निर्यात गर्न सरकारलाई निजी क्षेत्रले सुझाव दिएको छ ।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघले गरेको पूर्व बजेट छलफल कार्यक्रममा महासंघका उपाध्यक्ष चन्द्र ढकालले विदेशी मुद्राको सञ्चितीकोे समस्या परेको बेला प्रकृया पुर्‍याएर खनिज पदार्थ निर्यात गर्नुपर्ने बताएका हुन् ।

उनले भने,“गत वर्षको बजेटमा नेपालको पहाडी क्षेत्रमा गिट्टी बालुवा निर्यात गर्ने ब्यवस्था भएको थियो । विदेशी मुद्रा सञ्चयको समस्या परेको बेला यदि सबै प्रकृया पुरा गरेर निर्यात गर्न सकिन्छ । चुरेको कुरा गरेको थियौं त्यो बाहेक प्राकृतिक हिसाबले दिएको खनिज पदार्थ निर्यात गरेर त्यसलाई विदेशी मुद्रा यत्रो क्राइसिसमा किन गर्दैनौं ?”

उनले अब आउने बजेटमा यो कुरा ध्यानमा राख्न आग्रह गरेका छन् । ढकालले चुरेलाई सुरक्षित हिसाबले राखेर जानुपर्ने बताएका छन् । नेपालमा भएका खनिज पदार्थ निर्यात गर्न सके धेरै राम्रो हुने भन्दै यसले तरलताको समस्या पनि सहयोग गर्ने बताए ।

निर्यातकर्तालाई हुने जोखिम कम गर्न निर्यात क्रेडिट इन्स्युरेन्सको नीति बनाएर लागू गर्नुपर्ने माग गरेको छ । देशको कन्ट्रि रेटिङ् गर्न पनि निजी क्षेत्रले माग गरेको गरेको छ । कन्ट्रि रेटिङले नेपालमा वैदेशिक लगानीको आकर्षण बढ्ने, निजी क्षेत्र र बैंंकले विदेशबाट ऋण लिन सहज हुने जनाएको छ ।

निजी क्षेत्रले कच्चा पदार्थमा लाग्ने भन्सार महसुल तयारी वस्तुभन्दा तीन तह कम गर्न आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !