दाङमा मतपत्र पुग्यो
प्रकाशित मिति : 2 May, 2022 3:36 pm
दाङ । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि दाङमा आज मतपत्र आइपुगेको छ । निर्वाचन आयोगले जिल्लामा मतपत्र पठाएको हो ।
मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार चार लाख ४३ हजार मतपत्र जिल्लामा आएको छ ।
दाङमा हाल चार लाख नौ हजार ९०२ मतदाता छन् । यस्तै २०७४ सालपछि थपिएका मतदाताको परिचयपत्र पनि मतपत्रसँगै निर्वाचन आयोगले पठाएको निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले बताए । रासस








