भक्तपुरमा पाँच तलामाथिबाट खस्दा महिलाको मृत्यु
प्रकाशित मिति : 3 May, 2022 11:00 am
भक्तपुर । भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–८ लिवालीमा गए राति पाँच तलामाथिबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
सोमबार साँझ छतबाट खसेर गम्भीर घाइते भएकी कुसाथाको मध्यपुर अस्पताल थिमीमा उपचारको क्रममा मृत्यु भएको उनले बताए ।








