सुनको मूल्य ओरालो लाग्दै , एकदिनमै एक हजारले घट्यो
प्रकाशित मिति : 3 May, 2022 11:21 am
काठमाडौं । केही समय अगाडि १ लाख माथि उकालो लागेको सुनको मूल्य क्रमश घट्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला प्रतितोला १ हजारले घटेर तोलाको ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि छापावाला सुनको मूल्य ८०० रुपैयाँले घटेको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतिताला ९६ हजार ७०० रुपैयाँ रहेको छ ।
आज मंगलबार पनि चाँदीको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य पछिल्लो दुई दिन देखि स्थिर रही १२९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।








