९ पुस २०८२, बुधबार

अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का कांग्रेस प्रवेश

प्रकाशित मिति :  3 May, 2022 12:17 pm


काठमाडौँ । स्थानीय निर्वाचन नजिकिँदै गर्दा देशमा अभिनेता, अभिनेत्रीहरुको पार्टी प्रवेशको लहर नै चलेको छ ।

आज मंगलबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बिच अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का कांग्रेस पार्टी प्रवेश गरेका छन् ।

उनीहरूसँगै कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि कांग्रेस पार्टी प्रवेश गरेका छन् । उनीहरू सबैलाई बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका थिए । अभिनेता निर शाहले उनीहरूलाई पार्टी प्रवेश गराउनका लागि पहल गरेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !