६ जेष्ठ २०८१, आइतबार

चीनको सांघाईमा बिरामीलाई लास राख्ने झोलामा प्याक गरेपछि हंगामा

प्रकाशित मिति :  3 May, 2022 2:59 pm


काठमाडौं । चीनको सांघाईमा जीउँदै बिरामीलाई लास राख्ने झोलामा प्याक गरेपछि हंगामा भएको छ ।

शाङ्घाई केयर होमका एक वृद्ध बिरामीको मृत्यु भएको भन्दै कफिनमा प्याक गरेपछि चार सरकारी अधिकारी बर्खास्तिमा परेका छन् ।

अनलाइन भिडियोमा देखापरे अनुसार शवगृहमा काम गर्ने दुई व्यक्तिहरूले लाश राखिएको झोलालाई गाडीमा राखेका थिए । भिडियोमा कामदारहरूले झोलामा चलमल भएको देखिएको र एक जना कामदारले बिरामी अझै जीवित छ भनेको सुन्न सकिन्छ ।

यस घटनाले चिनियाँ सामाजिक सञ्जालमा व्यापक आक्रोश फैलाएको छ ।

सांघाई जिल्ला अधिकारीहरूले सोमबारमात्रै उक्त घटनाको पुष्टि गरेका छन् । त्यसपछि बिरामीलाई अस्पताल लगिएको साथै बिरामीकोे अवस्था स्थिर रहेको बताएका बीबीसीले जनाएको छ ।

प्रशासनले पाँच अधिकारी र एक चिकित्सकमाथि अनुसन्धान भइरहेको जनाएको छ ।स्थानीय नागरिक मामिला ब्यूरोका उपनिर्देशक र केयर होमका निर्देशकसहित चार अधिकारीलाई बर्खास्त गरिएको साथै उनीहरूको मेडिकल लाइसेन्स पनि खारेज गरिएको छ । बिरामीको परिचय भने अझै खुल्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस !