आज यी स्थानमा बर्षाको सम्भावना
काठमाडौं । हाल देशमा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुका कारण बदलीसँगै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहान काठमाडौं उपत्यकासहित मुलुकका पहाडी भू-भागमा बदली रहेको छ । गएराति काठमाडौंका केही क्षेत्रमा वर्षा भएको थियो ।
दिउँसो पहाडी भू-भागका केही र तराईका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी भू-भागका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बिहीबार पहाडी भूभागका केही र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ । राति प्रदेश १ , मधेश, बागमतीका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।








