७ पुस २०८२, सोमबार

होटलेको कोठामा युवक मृतावस्थामा फेला

प्रकाशित मिति :  4 May, 2022 11:19 am


कञ्चनपुर । महेन्द्रनगरस्थित नाइन इलेभन होटलेको कोठामा आज एक जना युवक मृतावस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटेलको कोठामा मृतावस्थामा फेला परेका हुन् ।

पाण्डेयको मृत्युको कारण खुल्न नसकेको र घटनास्थल सिल गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !