सेन्चुरी कर्मसियल बैंकको ऋणपत्र आजदेखि निष्काशन
काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले आजदेखि २ अर्ब रुपैयाँ भन्दा बढिको ऋण पत्र निष्काशन गरेको छ । बैंक आज (वैशाख २१गते) देखि २ अर्ब २० करोड रुपैयाँबराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको हो ।
बैंंकले १ हजार रुपैयाँ अंकित दरमा कुल २२ लाख इकाइ भएको ‘सेञ्चुरी डिबेन्चर २०८८’ नामक ऋणपत्र जारी गरेको हो।
कुल इकाइमध्ये १३ लाख २० हजार इकाइ बैंकले व्यक्तिगत तबरबाट बिक्री गर्नेछ । बाँकी ८ लाख ८० हजार इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ । जसमा १० हजार इकाइ सामूहिक लगानी कोषलाई छुट्याएको छ ।
यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतम ८ लाख ७० हजार इकाइसम्म आवेदन दिन पाउनेछन्।
ऋणपत्रमा सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।
सेन्चुरी बैंकको यो ऋणपत्रको अवधि १० वर्षको रहेको छ । यसमा ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.५० प्रतिशत ब्याज पाउनेछन्।
यो ऋणपत्रको निष्कासन बन्द छिटोमा वैशाख २५ गते र ढिलोमा जेठ ४ गते बैंकिङ समयपछि हुनेछ।








