६ पुस २०८२, आइतबार

एनएमबि बैंकले आजदेखि साढे ३ अर्बको ऋणपत्र बिक्री गर्दै

प्रकाशित मिति :  4 May, 2022 12:36 pm


काठमाडौं । एनएमबि बैंकले साढे ३ अर्ब रुपैयाँको उर्जा ऋणपत्र निष्काशन गरेको छ । बैंकले आज (वैशाख २१ गते) देखि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको “इनर्जी बन्ड–२” नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको हो ।

एनएमबि बैंकको ३ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र आज वैशाख २१ गतेबाट बिक्री खुला गरिएको छ ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ ऋणपत्र बिक्री खुला गरेको छ । जसमा २१ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी १४ लाख इकाइ सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १४ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्।

एनएमबि बैंकको यो ऋणपत्र १५ वर्षे अवधिको हो। यो ऋणपत्रमा लगानीकर्ताहरुले वार्षिक रुपमा ४ प्रतिशत ब्याज पाउनेछन्।

एनएमबिको ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ।

यो ऋणपत्रको निष्कासन बन्द छिटोमा वैशाख २५ गते र ढिलामा जेठ ४ गते बैंकिङ समयपछि हुनेछ।

बैंकले उक्त ऋणपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !